यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले अध्यक्ष ओलीलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा बालकोट जाँदै  

काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएकी  अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै हुनुहुन्छ । 

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लाग्नुभएको हो । ‘एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीज्यूसँग भेट्ने कार्यक्रम छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भन्नुभयो । 

ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।  

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १२ : ४९ बजे