यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

राष्ट्रियसभाको बैठक ३० मिनेट स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ । बैठक अवरुद्ध भएपछि ३० मिनेटका लागि स्थगित गरिएको छ ।

राष्ट्रियसभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएपछि सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिनुभएको थियो ।

सचेतक भट्टराईले संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणा समेत राखे ।

सचेतक भट्टर्राइले बोलिसकेपछि एमाले संसदहरुले उठेर संसद बैठक अबरुद्ध गरेका छन् ।  राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढनुपर्ने भन्दै बैठक सूचारु गराउन सहयोग गर्न आग्रह गर्नुभयो। तर एमालेका सांसदहरुले नमानेपछि  बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो  ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५७ बजे