यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कारबाही गरेका १४ जना उपस्थित गराइए एमालेले संसद् चल्न नदिने 

 

काठमाडौँ । नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभाको आज बुधवार  बोलाइएको  बैठकमा कारबाही गरेका संसद् उपस्थित भए संसद् चल्न नदिनेबारे छलफल गरेको हो ।  

संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताउनुभयो । उनीहरू उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उहाँले भन्नुभयो , ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद् चल्न सक्दैन । हामीले साउन २५ गते नै निष्कासन गरेका व्यक्तिहरू उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौँ ?’

 संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्नुहुँदै संसदीय दलका नेतासमेत रहनुभएका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाउनुभयो ।

ओलीले सभामुख  सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको बताउनुभयो  । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।  कार्वाही गरिएकाहरुलाई आज बैठकमा राखिए एमालेले संसद बैठक अवरुद्घ गर्ने भएको हो । 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ०८ बजे