यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागे : अध्यक्ष ओली

काठमाडौं – एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन् । 

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहेका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन् ।

‘सुरुदेखि नै एमालेका फुटाउने खेलमा लागे । आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन् ।’ 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ३६ बजे