यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज २ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने भएको छ । 

आजदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालन सम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पटक पटक प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका केही नेता उक्त पार्टीबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादीले पहिलो पटक संसद्को बैठकमा सहभागी हुनेछ ।  

यसअघि उक्त पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो । 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ५७ बजे