एमालेमै फर्कन सुदूरपश्चिममा दुई मन्त्रीले दिए राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् । 

दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए । शाह एमाले संसदीय दलका नेतासमेत हुन् । माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन् । 

तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए । तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन् । पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन् । 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ३५ बजे