उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने माधव नेपाल प्यूँसो : अध्यक्ष ओली

पोखरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूह एमाले समाप्त पार्ने अभियानमा लागिरहेको बताउनुभएको छ । आज कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको बताउनुभयो ।

‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन, माधव नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’ उहाँले भन्नुभयो । अहिले कुनैपनि राजनीतिक शक्तिले एक्लै एमालेतिर हेर्नपनि सक्दैन लडने त कुरै छोडदिउ, त्यही आँट नभएर पाँचभाई भेला भएको उहाँको भनाई थियो । ‘त्यसैले देउँसी खेल्दा जस्तो पाँचभाई जम्मा भइरहेका छन् अहिलेचाहि पुगे क्यार ।’ एमालेको सरकार ढाल्न माधव नेपाल चौतर्फी लागेको भन्दै उहाँले भन्नुभयो सवैतिर मन्त्री आफै खाउ खान जन्मिएका हरु हो खाउँ ।’ साना स्वार्थ र  आफनो क्षणिक फाइदाका लागि माधव समुह लागेको उहाँको आरोप थियो ।  सम्मान पुगेन अपमान भयो भन्दै भित्र भित्रै माधव नेपाल बिग्रिएका मात्रै होइन पतन नै भईसकेको उहाँको तर्क थियो । अब माधव नेपाल बिनाको एमाले राम्ररी अगाडि बढ्छ ओलीले भन्नुभयो ।
 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ४२ बजे