यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कोरोनाका कारण वैशाख १६ गतेदेखि बन्द रहेको मनकामना केबुलकार आजबाट सञ्चालनमा आउँदै 

काठमाडौँ । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजबाट सञ्चालनमा आउने भएको छ । 

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नुपर्दछ ।” 

इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । 

भक्तजनको भिडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उहाँको भनाइ छ । ।

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ३९ बजे