यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं– नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : ४८ बजे