यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

हतियार चोरेको अभियोग लागेका दुई सैनिकले पाए सफाइ

काठमाडौं । नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरेको आरोप लागेका दुईजना सैनिकले सफाइ पाएका छन् । ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गले सफाइ पाएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह, रक्षा मन्त्रालयका सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा सम्मिलित सैनिक विशेष अदालतले बिहीबार उनीहरुलाई सफाई दिने फैसला गरेको हो । दुई सैनिकलाई हतियार चोरी र ड्युटीमा लापरवाही गरेको अभियोग लगाइएको थियो । चोरीमा सफाई पाएका दुई सैनिकलाई २०७५ मंसिर ४ बाट लागु हुनेगरी ३ वर्षसम्म प्रमोशन रोक्ने गर्ने फैसला गरिएको छ । विशेष सैनिक अदालतले उनीहरुलाई कालीबहादुर गणमा हाजिर गराउन आदेश गरेको छ ।

महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो। 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ३५ बजे