भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

नयाँ उद्योगीलाई ऋण दिन एक अर्बको कोष बन्दै

काठमाडौँ– सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई ऋण दिने परियोजना तयार पारिरहेको छ । सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

अहिले कोष स्थापनाको काम भइरहेको र छिटै ऋण दिने कार्यविधि बन्ने अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताउनुभयो । उहाँका अनुसार बिजनेश आइडिया धितो राखेर ऋण पाउने व्यवस्था मिलाउन लागिएको छ ।

प्रवक्ता आचार्यले कोषबाट ऋण पाउन फरक प्रकारको व्यवसायको अवधारणा हुनुपर्नेछ । कोष निर्माणको काम सकिएपछि ‘स्टार्ट अप’ बिजनेशका लागि आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : ४४ बजे