भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्या भण्डारीले सरकारले सिफारिस गरेको बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बागमती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गर्दै उहाँको ठाउमा शर्मालाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ ।”

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : २५ बजे