भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पाइपलाइन विस्तार गर्दा घर भत्कियो

काठमाडौँ – काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिनुभयो ।  

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय  काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ । 

रासस

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : ०९ बजे