भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कञ्चनपुरमा काँग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप, बजार क्षेत्र तनावग्रस्त

काठमाडौं। कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जनाएको छ। अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ । 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : ५२ बजे