भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ। स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ। उनी हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ। गाउँपालिकाले प्रहरीलाई खबर गरेर उनको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्।  

‘ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ’, उनले भनिन्। ती महिलाले मोबाइल फोन घरमै छाडेको छ। ‘ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो’, गुरुङले भनिन्। रासस

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : ०६ बजे