भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रपतिसंग नेपाल स्काउटका सात प्रदेश संयोजकहरुको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेपाल स्काउटको सातै प्रदेशका संयोजकहरुको प्रतिनिध मण्डलले भेटघाट गरेको छ ।  राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारी लगायत नेपाल स्काउटको केन्द्रीय नेतृत्वका साथै प्रदेश स्काउटका संयोजकहरुको सहभागिता रहेको थियो।

भेटमा नेपाल स्काउटसंग सम्वन्धित समसामयिक विषय वस्तुमा छलफल भएको थियो। भेटमा राष्ट्रपतिले नेपाल स्काउटका पछिल्ला गतिविधिहरुको प्रशंसा गर्नुका साथै नेपाल सरकारले बोकेको १३००० सामुदायिक विद्यालयमा स्काउट विस्तारको अभियानमा गम्भीरता पूर्वक लाग्न र यसक्रममा आइपर्ने हरेक अवरोधसंग डटेर अघी बढ्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १० : ३१ बजे