भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

देशभरका किसानलाई आन्दोलनमा उत्रिन महासंघको आव्हान

काठमाडौं । सरकारले ल्याएको अध्यादेश फिर्ताको माग गदै अखिल नेपाल किसान महासंघले देशभरका किसानहरुलाई आन्दोलनमा उत्रिनका आव्हान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारलाई टिकाई राख्न अध्यादेश ल्याउने निर्णयको महासंघले आपत्ति जनाएको हो । महासंघका अध्यक्ष डा.प्रेम दंगालले एक विज्ञप्ती जारी गर्दै भन्नुभएको छ, –‘यसअघि पार्टीको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशतको संख्या पुर्याएरमात्र दल विभाजन गर्ने प्रावधान थियो । केही राजनीति दल र तीनका केही नेताको कुण्ठा, पदलोलुपता र महत्वकाँक्षा पूरा गर्न गराउन सहयोग पुग्ने गरी र ती दलहरुलाई विभाजन गराई आफ्नो सत्ता टिकाउने दुराशयपूर्ण मनसायबाट ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक मुल्य मान्यताको घोर उपहास गरेको मात्र नभई लोकतान्त्रिक प्रणालीलाई चरम विकृत बनाएको छ र देशलाई पून राजनीतिक अस्थिरतातर्फ धकेलेको छ ।’ 

अध्यादेश तत्कालै फिर्ता लिन अखिल नेपाल किसान महासंघले सरकारसँग जोडदार माग गरेको छ । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : ४७ बजे