भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

किसान महासंघले ५० लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझायो

काठमाडौँ – भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सच्चाउन माग गर्दे आज अखिल नेपाल किसान महासंघले ७७ जिल्लाबाट संकलन गरेको ५० लाख हस्ताक्षर प्रधानमन्त्री शेरवहादुर देउवालाई ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको छ ।

आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध ​​​​​​​देशैभरिबाट संकलन गरिएको ५० लाख हस्ताक्षर आज ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले बताउनुभयो ।

किसान महासंघले भूमि आयोग खारेज भएसँगै भूमिहिन सुकुम्बासी, अव्यवस्थीत बसोबासमा रहेका जनताहरुको हस्ताक्षर संकलन गरेको अध्यक्ष दंगालले बताउनुभयो । आयोग खारेजीका बिरुद्धमा भदौं १ गते माईतीघर मण्डलामा अखिल नेपाल किसान महासंघ र नेपाल भूमिहिन सुकुम्बासी संगठनको आयोजनामा बिरोध प्रदर्शन गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ३१ बजे