भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

यस्तो देखियो साउनको अन्तिम सोमबार शिवालयमा ब्रतालुको भीड (फोटो फिचर)

काठमाडौं । आज साउनको अन्तिम सोमबार ब्रतालु महिलाहरुको बिहानदेखि शिवको मन्दिरमा घुइँचो लागेको छ । साउने सोमबारको ब्रत समापनको दिन भएकोले मन्दिरमा श्रद्धालु भक्तजनको भीड बढेको हो ।

कोरोना महामारीका कारण अधिकांश मन्दिर पूजापाठका लागि बन्द रहेपनि भक्तजनले मन्दिरको बाहिरै बसेर पूजापाठ गरेका छन् । पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रुपमा लिइने तथा पार्वतीले महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गरेका छन् ।

त्यस्तै पुराण अनुसार महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले छिट्टै प्रसन्न हुने धार्मिक विश्वास रहेको छ ।

साउने सोमवारका दिन काठमाडौको पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको अग्लामहादेव लगायत उपत्यकाका प्रमुख शिवालयमा श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : ५८ बजे