काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार १०६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप १ हजार ८६७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३९ हजार २९८ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार २९२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार ४ : ४१ बजे
प्रतिक्रिया