काठमाडौँमा मनाइयो भारतको ७५ औँ स्वतन्त्रता दिवस

काठमाडौँ– काठमाडौँस्थित भारतीय दूतावासमा भारतको ७५ औँ स्वतन्त्रता दिवस मनाइएको छ । उक्त स्वतन्त्रता दिवस उत्सव ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको हो।

काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा राष्ट्रिय झन्डा फहराएर उत्सवको सुरुवात गरे । यो अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए। राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरूमा विभिन्न क्षेत्रहरूमा भएको प्रगतिलाई प्रकाश पारिएको छ।

राजदूतले साढे चार करोडभन्दा बढी नेपाली रुपैयाँ भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका आफन्तहरूलाई वितरण गरी सम्मान व्यक्त गरे।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरियो।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ०९ बजे