बाँकेमा ३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

ती मध्ये बाँकेका १७ जना, बर्दियाका ६ जना, दाङका ३ जना, अछामका ३ जना, सल्यानका २ जना, दैलेखका २ जना, सुर्खेतका २ जना र जाजरकोटका १ जना रहेका छन् । भेरी अस्पताल परीक्षणमा १६ जना, मेडिकल कलेज कोहलपुरमा १४ जना र बागेश्वरी ल्याबमा ६ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

त्यस्तै, आज थप १४ जना डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार ७ सय ४९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ३ सय १५ जना निको भई डिस्चार्ज भइसकेका छन् । त्यसैगरी, बाँकेमा कोरोना कोरोना संक्रमणबाट ३ सय २३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ०६ बजे