भिरबाट लडेर एक वृद्ध महिलाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेमा भिरबाट लडेर एक जना वृद्ध  महिलाको मृत्यु भएको छ । 

काभ्रेको रोशी गाउँपालिका वडा नं. २ मा भिरबाट लडेर अन्दाजी  एक सय  वर्षीया कान्छी कमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ  ।

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ घर भएकी कान्छी कमिनी रोशी गाउँपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी थिइन् ।  उनको बारीमा मकै हेरेर  घर फर्कने क्रममा भिरबाट तल खसी मृत्यु भएको  हो । 

जिल्ला  प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक शेखर खड्काको नेतृत्वमा घटनास्थल पुगेको टोलीले घटनाको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि उनको शव धुलिखेल अस्पताल ल्याएको जनाइएको छ । 

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ३७ बजे