थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १६ हजार २९८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ५३५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३३ हजार ४६४ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३५ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ९५७ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ५९ बजे