डेढ महिनामा सिन्धुपाल्चोकमा आएको बाढिले १ सय ८ घर बगायो

काठमाडौं । असार १ गते यता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढिले हालसम्म १ सय ८ घर बगाएको छ । त्यस्तै साउन १६ गते राति आएको बाढिले हिजो साँझ सम्म ४५ वटा पक्की र ६३ वटा कच्ची घर बगाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डिएसपी दक्ष बहादुर बस्नेतका अनुसार हेलम्बु गैरावेसीको १ घर ग्याल्थुम र ढुङगेबजारका ३१ घर बगाएको हो ।  त्यस्तै चनौटेका २३ घर, चिउडीखर्क तल्लो तिम्बु, चेप्टे, किउल, तालामाराङ, मेलम्ची गरि ५२ घर बगाएको बस्नेत जानकारी दिनुभयो । बाढीले कच्ची पुल, झोलुङ्गे पुल र दुई पक्की पुल पनि बगाएको छ । त्यस्तै फर्निचर, रेडियो मेलम्चीको भवन, ईस्पोइन्ट एकेडेमीका संरचनाहरु पनि असार १ गतेको बाढिले प्रभावित पारेको थियो भने गत १६ गते राति आएको बाढि ले थप क्षती गरेको छ ।

बिस्थापित मध्ये ९६ जनालाई आफन्तको घर तथा सुरक्षित स्थानमा त्रिपाल र टेण्ट टाँगेर राखिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

सुशिल सुवेदी

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ३१ बजे