यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार ६३६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप २ हजार २० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३१ हजार २९८ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप १८ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ८७५ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ३८ बजे