यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

चीनको अन्तिम खोप आइपुग्यो, हालसम्म चीनले ४० लाख खोप काठमाडौं पठायो

काठमाडौं । आज चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खोप अन्तर्गत सो परिमाणको खोप आइपुगेको हो ।

पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको हो ।

शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो । निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उहाँले जानकारी दिनुभयो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।

९७ लाख ८२ हजार डोज खोप आयो

चीनबाट यो खोप आएसँगै नेपालमा कोरोना भाइरसविरूद्धको खोप ९७ लाख ८२ हजार डोज आइपुगेको छ । प्रत्येक नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन सरकारले यस अघि नै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरिसकेकोले थप खोप खरिद प्रक्रियासमेत शुरु गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । मन्त्रालयको तथ्याङ्क अनुसार शुरुवातदेखि हालसम्म जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याएर लगाउन सहज हुने पौडेलले जानकारी दिनुभयो ।

हालसम्म नेपालमा भेरोसेल : चीनबाट खरिद भएको १८ लाख डोज चीनबाट खरिद भएको ४० लाख कोभिसिल्डः कोभ्यास सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज भारतबाट खरिद ११ लाख डोज भारतको द सिरम इन्टच्युटबाट खरिद गरेको १० लाख (१० लाख आउने क्रममा) जोनसोन एण्ड जोनसोन–१५ लाख ३४ हजार जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपालमा आइसकेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ४२ बजे