रवि लामिछानेको आजको बयान सकियो

अन्तरिक्ष उडान टोलीमा सोलुखुम्बुका टासीको सफलता

सोलुखुम्बु । सोलुखुम्बुको टाक्सिन्दुका टासी छ्योग्याल शेर्पाले अन्तरिक्षसम्म पुग्ने यान निर्माण समूहमा सहभागी बनेर सफलता हात पार्नुभएको छ ।
अमेरिकाको गल्याक्टिक अन्तरिक्ष यात्राको सफल व्यावसायिक उडान भर्ने भर्जिन एयरको समूहमा रहेर सोलुखुम्बुका शेर्पाले यान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो । शेर्पा सहितको समूहले निर्माण गरेको यानले अन्तरिक्षको सफल उडान भरेको हो ।

उक्त एयरका संस्थापक सर रिचर्ड ब्रान्सनको नेतृत्वमा अन्तरिक्ष यात्रा सफल भएपछि नेपाली शेर्पाको सफलताले प्रशंसा पाएका हो । त्यहाँ रहेका नेपालीहरूले सोलुखुम्बु जस्तो विकट ठाउँमा जन्मेर प्रविधिको क्षेत्रमा विश्वमै स्थापित हुने काम गरेको भन्दै टासिछ्योग्यालको प्रशंसा गरेका छन् ।

सोलुदूधकुण्ड–१ टाक्सिन्दुका शेर्पाले विद्यार्थी भिसामा अमेरिका गई विचिता विश्वविद्यालयबाट इन्जिनियरिङ गर्नुभएको हो । सानैदेखि विज्ञान प्रविधिमा उत्सुकता राख्ने शेर्पाले यो कार्यसँगै शेर्पा समुदायलाई नयाँ चिनारी दिनुभएको छ । 
शेर्पाहरूको हिमालसँग मात्रै सम्बन्ध रहेका बेला टासी जस्ता जुझारु शेर्पाहरूको बहु आयामिकताले सिङ्गो समुदायले गर्व गर्ने अवस्था सिर्जना भएको भन्दै टाक्सिन्दुका पर्यटन व्यवसायी कर्मा शेर्पाले खुसी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : २६ बजे