धनकुटा – महालक्ष्मी नगरपालिका-२ हिलेखर्क बस्ने ५७ वर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला गुरुङले रुख काट्ने क्रममा रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी उनको धरान घोपा हुँदै सैनिक अस्पताल इटहरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ४ : ३१ बजे
प्रतिक्रिया