रवि लामिछानेको आजको बयान सकियो

बाल ज्योति माध्यमिक विद्यालयमा पढाइको गुणस्तर बढ्दै 

हेटौंडा। बाल ज्योति माध्यमिक विद्यालयमा पढाईको गुणस्तर बढ्दै गएको छ । विद्यालयले विद्यार्थीहरूको गुणस्तर बढाउनका लागि हरेक शुक्रबार शिक्षकहरुसँग शनिबार र आइतबार विद्यार्थीहरूको घरघरमा गएर अनुगमन गर्ने गरेको बाल ज्योति माविका प्राधानाध्यापक भरतप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रभावकारी अनुगमनका कारण बाल ज्योति मावि ले सन्चालन गरेको अनलाइन कक्षा पनि प्रभावकारी बन्दै गएको उहाँँले बताउनुभयो । विद्यालयले नेपाली माध्यम तर्फ कक्षा १ देखि ५ सम्म टेलिफोनमार्फत विद्यार्थीहरुलाई ७ जनाको समूह बनाएर पठनपाठन गरिरहेको छ ।  कक्षा ६ देखि कक्षा १० सम्मको विद्यार्थीहरुलाई अनलाइनको मध्यम बाट पठन पाठन गराउँदै आएको छ । त्यस्तै अंग्रेजी माध्यम तर्फ शिशुदेखि कक्षा  १० सम्म अनलाइन कक्षा गराउँदै आएको र विद्यार्थीहरुलाई हरेक एक एक  हप्तामा गृहकार्य विद्यालयमा लगेर परीक्षण गर्ने गरेको प्रधानाध्यापक अर्यालले बताउनुभयो। 

स्कुलमा अहिले अंग्रेजी र नेपाली दुवै तर्फ गरि जम्मा ९ सय विद्यार्थी अध्ययनरत छन् । 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ४३ बजे