काठमाडौं । सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ। मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पदाधिकारीको रोहबरमा उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट असार १ गते मेलम्ची नदीमा आएको बाढीबाट पूर्ण रुपले घर बगाएकाहरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
प्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग गरिएको हो। त्यसै गरी भौतिक संरच्नना र बजार सुरक्षित बनाउनका लागि मेलम्ची भ्याली क्याम्पसका लागि ४० हजार र मेलम्ची बजार पुनर्निर्माण सरोकार समितीका लागि ५० हजार नगद सहयोग गरिएको थियो।
त्यस्तै सिन्धुपाल्चोक समाज–दक्षिण कोरियाले बाढी–पहिरोका कारण मृत्यु भएका मृतकका १४ परिवारहरुलाई यस अघीनै प्रती परिवार १० हजार नगद सहयोग गराएकोमा छुट्नु भएका प्रती परिवार १० हजारका दरले नगद सहयोग हस्तान्तरण गरिएको छ।
प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ११ : २१ बजे
प्रतिक्रिया