तीन–तीन पटक दलिय बिभाजनको शिकार भएर बाहिरिनुभएका देउवालाई कसरी विश्वासको मत दिने ?

काठमाडौं– एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नसकिने बताउनुभएको छ । तीनतीन पटक दलिय बिभाजनको शिकार भएर बाहिरिनुभएका देउवालाई कसरी विश्वासको मत दिने ? उहाँले प्रश्न गर्नुभयो । संसदमा बोल्ने क्रममा ज्ञवालीले २०५१ सालमा आफैँ गृहमन्त्री भएका बेला देउवा गृहमन्त्री भएको सरकारलाई कांग्रेसका ३६ जना संसदले मत नदिँदा संसद विघटन भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘२०५१ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । सम्मानीनय शेरबहादुर देउवा गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको सरकारले राखेको नीति तथा कार्यक्रमको विपक्षमा ३६ जना सांसदले मत हाल्नुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘त्यसपछि सरकार अल्पमतमा पर्यो । कोइरालाले संसद विघटन गर्नुभयो ।’

वि।सं २०५२ सालमा मनमोहन अधिकारीलाई अविश्वासको प्रस्ताव राखेपछि पनि देउवा प्रधानमन्त्री भएको स्मरण गर्नुभएको छ । ‘विरामी अवस्थाका मनमोहनलाई अस्पताको शैयाबाट जवाफ फर्काउन लाउनुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘त्यसपछि देउवा प्रधानमन्त्री हुनुभयो । तर, विश्वासको मत पाउने बेलामा काँग्रेसकै दुई जना सांसद अनुपस्थित हुनुभयो । देउवाको सरकार ढल्यो ।’

त्यस्तै ‘२०५९ सालमा देउवा प्रधानमन्त्री भएका बेला संकटकाललाई निरन्तरता दिने कि नदिने भन्ने बिषयमा विवाद हुँदा उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो,तर समयमा चुनाव गर्न नसक्दा राजाले उहाँलाई अक्षम भनेर गलहत्याएको धेरैले बिर्सिएका छैन्न् ।’

नेता ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश)  ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,– उतिबेला श्रीमान ५ महाराजधिराज यतिबेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । रेफ्रिले हानेको गोलबाट उहाँहरु बिजयी हुनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरुलाई सरकारबाट बाहिरएकोमा रक्तिपनि चिन्ता छैन, तर प्रणाली भत्किएकोमा चिन्ता छ, ज्ञवालीले भन्नुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ०६ बजे