पोखरा । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुग्नुभएको छ । उहाँले पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो ।
माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।
माओवादीले गरेको कारबाही सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते प्रदेश सभामा पढेर सुनाएसँगै देवकोटा पद मुक्त हुनुभएको थियो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बननुभएको थियो ।
उहाँले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको थियो । त्यसपछि माओवादीले उहाँलाई स्पष्टीकरण सोधेको थियो । देवकोटाले दायर गरेको रिटको पहिलो पेशी आइतबार तोकिएको छ ।
प्रकाशित मिति : ६ असार २०८१, बिहिबार ६ : १४ बजे
प्रतिक्रिया