काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको रिट खारेज गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।
२०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो ।
एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित हुनुभएको थियो । उहाँ एमालेका महेश बस्नेतसँग पराजित हुनुभएको थियो । पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गर्नु भएको थियो । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन ।
प्रधानन्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा , न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल , प्रकाशकुमार ढुंगना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले यस्तो रिट खारेज गरेको हो
प्रकाशित मिति : ५ असार २०८१, बुधबार ५ : ५८ बजे
प्रतिक्रिया