काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।
देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो । जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
मंगलबार साँझ उहाँलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिनुभयो ।
‘दलको विधान विपरीत काम गरेको र ह्विप उल्लङ्घन गरेको हुँदा केन्द्रको सुझावका आधारमा स्पष्टीकरण सोधेका छौँ,’ उहाँले भन्नुभयो, ‘एक हिसाबले कारबाही प्रक्रियामा अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरण दिनुपर्छ ।’
उहाँलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताउनुभयो । माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेर विजय भएका नेपाल समाजवादी पार्टीका उहाँलाई माओवादीले कारबाही गरे पनि अन्यौलता कायमै छ ।
प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ७ : ०६ बजे
प्रतिक्रिया