काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुग्नु भएको छ ।
एमालेको सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यबस्थापनको बारेमा अध्ययन गर्न सापकोटा एमाले मुख्यालयमा पुग्नु भएको हो । उहाँलाई उपमहासचिव विष्णु रिमालले एमालेको हेडक्वार्टर संचालनका बारेमा जानकारी गराउनुभएको थियो ।
एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात गर्दै चलेको अनुभव आफूले गरेको सापकोटाले धारणा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार २ : २८ बजे
प्रतिक्रिया