काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीलाई थुनामा पठाउन आदेश भएको छ ।
उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको हो ।
जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउन आदेश दिएपछि उनीहरू उच्च अदालत पुग्नु भएको थियो । उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेको हो ।
प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार ८ : ३३ बजे
प्रतिक्रिया