तुलसीपुर (दाङ) । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्युभएको छ ।
आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उहाँकी श्रीमतिले भने भागेर ज्यान जोगाउनुभएको छ ।
प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ९ : २९ बजे
प्रतिक्रिया