काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गर्नु भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनु भएको हो ।
बैठकमा उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गर्नु भएको थियो ।
साथै बैठकमा प्रचण्डले नेपाल बूढानीलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउँदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दावी गर्नुभयो ।
बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेट गर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ४ : ०६ बजे
प्रतिक्रिया