तीन प्रदेशमा वर्षाको सम्भावना

सहकारी प्रकरणमा कांग्रेस नेता सीबी लामा पक्राउ

 काठमाडौं । सहकारी प्रकरणमा कांग्रेस नेता सीबी लामा पक्राउ परेका छन् । 
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष  लामालाई शुक्रबार प्रहरीले चितवनसंग जोडिएको  भारतीय सीमाबाट    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले आज बेलुका सम्म काठमाडौ ल्याइसक्ने र चााँडै सार्बजनिक गर्ने जानकारी दिनुभयो 
लामा अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड छ ।
कांग्रेस नेता एवं सहकारीका अध्यक्ष लामा साप्ताहिक पपत्रिकाको ब्यबस्थापनबाट उठेर सहकारी क्षेत्रमा साम्रज्य खडा गरेका थिए। 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ११ : २९ बजे