काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने हुनु भएको छ ।
जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उहाँ त्यसतर्फ जाने हुनु भएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नुहुनेछ ।
प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार ८ : १५ बजे
प्रतिक्रिया