पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएकाे छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएकाे हाे ।
यस्तै, पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिनुभएकाे छ । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिनुभएकाे हाे ।
गुरुङ अर्थमन्त्री बन्दा थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ ।
प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ५ : ५४ बजे
प्रतिक्रिया