काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् । उनले हरित हाइड्रोजनको अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको पनि बताए ।
अर्थमन्त्री पुनले कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइन निर्माण अघि बढाइने बताए । यस्तै, अर्थमन्त्री पुनले न्यु बुटवल अन्तरदेशीय प्रसारण लाइनको निर्माण पूरा गरिने बताए ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार ३ : ५० बजे
प्रतिक्रिया