खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

धावनमार्गमा युनाइटेड एयरलाइन्सको विमानमा आगलागी

काठमाडौँ । अमेरिकाको युनाइटेड एयरलाइन्सको विमानमा अमेरिकाको सिकागोस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दौडिरहेको बेला आगलागी भएको छ । यो एयरबस ए ३२० विमानको एउटा इन्जिनबाट धुवाँ निस्किरहेको देख्दा यो उड्नै लागेको थियो ।

यसलाई तुरुन्तै रोकियो र सबै १४८ यात्रु र ५ चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । दुर्घटनाका कारण विमानस्थलका सबै उडान ४५ मिनेटका लागि रोकिएको थियो । विमानस्थलमा उपस्थित आकस्मिक टोलीले यात्रुलाई बचायो । अमेरिकी मिडिया हाउस फक्स न्युजका अनुसार एयरपोर्ट प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छ । 

अहिले उड्डयन अध्यागमन प्राधिकरणले सम्पूर्ण विषयको छानबिन गरिरहेको छ । एयरलाइन्सले यात्रुहरूसँग माफी मागेर उनीहरूका लागि अर्को उडानको व्यवस्था गरेको थियो। घटना भएको ४ घण्टापछि दोस्रो उडान उडेको थियो ।
 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ३७ बजे