काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उहाँले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’
उहाँले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताउनुभयो ।कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।
प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १२ : ४२ बजे
प्रतिक्रिया