तीन प्रदेशमा वर्षाको सम्भावना

कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह

विराटनगर । कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली काँग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ । 

संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिनुभएकाे छ । 

कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाइ भई फैसला हुन बाँकी रहेकोले बैठक आज नगर्न काँग्रेसले आग्रह गरेको उहाँले बताउनुभयाे ।

यसअघि गत वैशाख ३१ गते बसेको बैठक काँग्रेसले बहिष्कार गरेको थियो । हिक्मत कार्की मुख्यमन्त्री बनेको विषयमा काँग्रेस सर्वोच्च गएको छ र यस मुद्धाको अन्तिम सुनुवाइ हुन बाँकी रहेको छ ।

कोशी प्रदेश सभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको छ र आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : ३३ बजे