काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
शुक्रबार बसेको बैठकमा विपक्षी दलहरुले सुरुदेखि नै अवरोध गरेपछि स्थगित भएको हो । अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे ।
यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले पनि संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १२ : ४७ बजे
प्रतिक्रिया