यतिबेला सबैभन्दा चर्चित विषय हो कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहनुभएका व्यापारी कैलाश सिरोहियाको पक्राउ र यससँग जोडिएका घटनाहरू ।
मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालय परिसरमा कर्मचारी र सिरोहिया परिवारका सदस्यको नाराबाजीबीच कैलाश सिरोहिया पक्राउ पर्नुभयो । धनुषा जिल्ला अदालतको आदेशपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेर कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सिरोहियालाई राति नै धनुषा लगि अदालती प्रक्रिया अगाडि बढाइसकिएको छ । यो घटना कानुनी प्रक्रिया अनुरुपकै भएपनि यसबाट सिर्जित चर्चा र विश्लेषणको ज्वारभाटाले भने सर्वत्र तरंग ल्याइदिएको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार ७ : ४३ बजे
प्रतिक्रिया