सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त हुनुभएकाे छ ।
मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गर्नुभएकाे थियाे ।
तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिनुभएकाे छ । उहाँले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिनुभएकाे छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार ४ : २४ बजे
प्रतिक्रिया