काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
जनमतकी प्रमुख सचेतक अनितादेवी साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ११ : २१ बजे
प्रतिक्रिया